२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

श्रमजीवी-पत्रकार संघको गठन , श्रमजीवीका पक्षमा लड्ने एकमात्र उद्देश्य

श्रमजीवी-पत्रकार संघको गठन , श्रमजीवीका पक्षमा लड्ने एकमात्र उद्देश्य
अ अ+ अ-

काठमाडौ । 'स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,' भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएको संघको नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन् । २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा विभिन्न विचाररआस्था राख्ने व्यवसायिक पत्रकारहरु सम्मिलित छन् ।

प्रेस काउन्सिल नेपालका निवर्तमान का.बा. अध्यक्ष गोपाल बुढाथोकीसहित स्थापित पत्रकारहरु बलराम थापा, दिपेन्द्र रावल, नारायण शर्मा र धर्मेन्द्र कुमार कर्ण सल्लाहकार छन् । 

कार्यसमितिमा पत्रकारहरु अमृत भादगाउँले उपाध्यक्ष, धनञ्जय बुढा महासचिव, डिल्ली आचार्य सचिव र गोविन्द देवकोटा कोषाध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा पत्रकारहरु केशव भुल केशरमणि कट्टवाल इश्वर अर्याल, सीताराम पराजुली, सरस्वती कर्माचार्य यदुप्रसाद पोखरेल दीपेश शाही ऋतु विचार धुव्र रिजाल दिया चन्द विष्णुबहादुर बस्नेत श्रीराम वाग्ले कौशिला कुँवर भुवन पौडेल उमेश रिमाल बिक्रम पण्डित रहेका छन् । सञ्चार क्षेत्रमा श्रमको मूल्य अझै सुरक्षित नरहेको ठहरसहित संघले पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र पेशालाई पारदर्शी बनाउन दबाव दिने र पत्रकारिता क्षेत्रका क्रियाशील सम्पूर्ण श्रमजीवीको पक्षमा आवाज बुलन्द गर्ने विशुद्ध साझा संस्था भएको विज्ञप्तिमार्फत स्पष्ट गरेको छ। 

पत्रकारिता क्षेत्रमा काम गर्ने साना लगानीका स्वरोजगारमुखी सञ्चारकर्मीदेखि ठूला कर्पोरेट मिडियामा श्रम गर्नेहरुको हितमा काम गर्ने उद्देश्य खुलाउँदै सो विज्ञपतिमा भनिएको छ, 'पत्रकारिता क्षेत्रमा सम्बद्ध जुनसुकै राजनीतिक दलमा आस्था राख्ने व्यक्ति यो संगठनमा अटाउन सक्छ । यसको कर्म भनेकै श्रमजीवीले कानूनी हक प्राप्त गर्ने हो ।' 

श्रमजीवीको सुरक्षाका लागि आवश्यक कानुन निमार्णका लागि राज्यलाई दबाव दिनु र बनिसकेको कानुनी हक प्राप्तिमा खडा रहनु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका सार्वभौम अधिकारको रक्षाका लागि आवाज बुलुन्द गर्नु नै यस संस्थाको मूख्य उद्देश्य रहेको उल्लेख छ । 

पत्रकारिता क्षेत्रमा लागेका श्रमजीवीको हकहितको  प्रवर्द्धनका लागि यसअघि यस्ता संस्थाको विद्यमानता रहे पनि त्यस्ता संस्थाबाट पीडित सबै श्रमजीवीलाई न्याय दिलाउन पहलकदमी नलिएकाले यस संस्थाको आबश्यकता खट्केको निष्कर्षसहित  यय संघले कुनै पनि पीडित श्रमजीवीलाई न्यायका लागि लड्दालड्दै थाकेर मुद्धा छोड्नुपर्ने अबस्था आउन नदिने संकल्प लिएको बताईएको छ । अध्यक्ष जैसीका अनुसार  समयमै न्याय दिलाउन, सबै श्रमजीवीले समयमै न्याय पाउने अबस्थाका लागि  निरन्तर लागिरहने बाचा गर्दै राज्यबाट सबै सुविधा लिने तर श्रमजीवीलाई पारिश्रमिक नदिने कथित ठूला कर्पोरेट मिडियालाई तत्काल कानुनको दायरामा ल्याउन दबाब दिने काम पनि यस संस्थाले गर्नेछ ।