१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षाका कारण आन्तरिक उडानमा टिकटको पूरा विवरण देखाउनुपर्ने



अ+ अ-

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान यात्रा गर्न आउने यात्रुले अब पूरा विवरणसहितको टिकट देखाउनुपर्ने भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी विमानस्थल प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा पूरा विवरणसहितको टिकटको ‘प्रिन्टेड कपी’ वा डिजिटल कपी देखाउन भनिएको छ ।  

विमानस्थल सञ्चालन विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था यही फागुन ७ गतेदेखि लागू हुने जनाएको छ । कतिपय यात्रुले टिकटको पिएनआर कोडमात्रै देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले उक्त व्यवस्था अनिवार्य गरिएको हो । सूचनामा काठमाडौँबाट अन्यत्र यात्रा गर्दा टिकटमा उल्लेख भएको रिपोर्टिङअनुसार समयमा अनिवार्यरुरूपमा विमानस्थल प्रवेश गर्न पनि अनुरोध गरिएको छ ।