२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

‘जबज’ विचारमा एक ठाउँः राजनीतिमा ध्रुवीकृत

‘जबज’ विचारमा एक ठाउँः राजनीतिमा ध्रुवीकृत
अ अ+ अ-

काठमाडौं । ‘‘मदन भाषणकलामा जो कोहीलाई लट्ठ पारिदिन्थे । दौडिरहेका विपक्षीसमेत टक्क अडिएर उनको भाषण सुन्थे । कांग्रेसीहरु मलाई सोध्थे– ‘होइन, मदनले भाषण रटेर आउँछन् कि स्वत : प्रस्फुटन भएको’ ?’’ पञ्चायती व्यवस्थाविरुद्ध युवा कम्युनिष्टले चार दशकअघि चलाएको ‘झापा विद्रोह’ का एक अगुवा राधाकृष्ण मैनालीले आफ्नो ‘नलेखिएको इतिहास’ पुस्तकमा जननेता मदनकुमार भण्डारीको व्यक्तित्व–विवेचनामा यस्तै शब्द खर्चनुभएको छ । उसबेलादेखि अहिलेसम्मका अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनले धेरै आरोहअवरोह पार गरिसकेको छ । मुलुकमा हिंसात्मक बाटाबाट होइन, शान्तिपूर्ण जनक्रान्तिबाट जनताका परिवर्तनका आकाङ्क्षा पूर्ति गर्न सकिन्छ भन्ने व्यवहारतः सिद्ध भइसकेको छ ।

कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक दिशामा अग्रसर गराउन निर्णायक विचार मानिने ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ का प्रणेता भण्डारीले लोकप्रिय बनाएको पार्टी नेकपा (एमाले) यतिबेला उक्त विचारको मुख्य उत्तराधिकार शक्ति भए पनि राष्ट्रिय राजनीतिक  स्थितिमा फुट र विभाजनको आशङ्कामा छ । ‘जबज’ को कार्यक्रमलाई साझा विचार मानिए पनि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माधवकुमार नेपाल–झलनाथ खनालसहित नेताहरु एकै पार्टीमा रहिरहन सक्ने हो होइन भन्ने प्रश्नबीच सोमबार जननेता भण्डारीको ७० औँ जन्मजयन्ती मनाइँदै छ ।

एमालेकै वर्तमान नेताहरु नै आपसमा विभाजित भएका छन् भने झापा विद्रोहकालीन नेताहरु सिपी मैनाली र राधाकृष्णहरु  एमालेको मूल प्रवाहभन्दा बाहिर छन् । कुनैबेला माओवादी रहेर ‘एक्काइसौँ शताब्दीको जनवाद’ लाई मान्ने नेता रामबहादुर थापाहरु भने हाल एमालेमा आबद्ध हुनुहुन्छ तर कतिपय एमालेकै नेताहरु माओवादी केन्द्रसँग नजीक हुन पुगेको देखिन्छ । यस्तो स्थिति किन आयो रु एमालेका केन्द्रीय सदस्य सूर्य थापा भन्नुहुन्छ, ‘‘आजको स्थितिसम्म जबजको संश्लेषणलाई टक्कर दिन सक्ने नेपाली मौलिकताको सापेक्षतामा अर्को विचार वामपन्थीभित्र मात्र होइन लोकतान्त्रिक शक्तिसँग पनि छैन । हामी जबजवादी हुनुमा गर्व गर्छौँ ।” प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले कुरा गर्दै ‘जबज’लाई वास्तविकरुपमा पालना गर्नेहरु ‘जबज’वादी, बोलीमा मात्रै मान्नेहरु ‘लवजवादी’ र एमाले बाहिर रहेर ‘जबज’लाई गजब भन्नेहरु ‘गजब’वादीहरु भएको टिप्पणी गर्नुृभयो ।

एमाले नेपाल पक्षका नेता डा वेदुराम भुसाल जबजलाई व्यावहारिकरुपमा लागु गर्ने सन्दर्भमा अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षमा समस्या देखिएको बताउनुहुन्छ । “जबजले फरक मत ९विचारको विविधता० लाई स्वीकार गर्न भनेको छ तर यहाँ फरक मत राख्नेलाई पन्छ्याइएको छ । सो विचारले विधिको प्रणालीको स्थापना र  जनपक्षरधरतालाई प्रश्रय दिएको छ तर अहिले श्रमजीवीका पक्षमा कति काम भए भन्ने समीक्षा गर्नुपर्छ । वर्गीयता छाडेर अगाडि जान सकिँदैन । पार्टीभित्र नेतृत्वले पेलेर जाने शैली अहिलेको मूल समस्या हो ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ भण्डारीले नेपाली कम्युनिष्ट राजनीतिलाई रुपान्तरण गर्ने युगानुसार जबजको विचार प्रस्तुत गरेको तर उनले निर्माण गरेको ‘लिक’ बाट कम्युनिष्ट आन्दोलन नै बाहिर जाँदै गएको  टिप्पणी गर्नुहुन्छ । युवा नेता गुरुङले भन्नुभयो, “अहिले हरेक पार्टीभित्र वैचारिक विचलन छ । हामीले वैचारिक धरातल बलियो बनाउन नसक्दा लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ । यतिबेला एमालेका भण्डारी र कांग्रेसका बिपी कोइराला, गणेशमान सिंहजस्ता वैचारिक नेताको अभाव खड्किएको छ ।’’

माओवादी केन्द्रका केन्द्रीय सदस्य रेखा शर्माले जबजको विचारलाई सम्मान गर्दै विगतमा एमालेसँग एकता भए पनि त्यो सफल हुन नसकेकाले आत्मसमीक्षासहित प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँको भनाइ छ, “हामी आन्दोलन र विचार निर्माण गर्नमा अगाडि भए पनि त्यसलाई संस्थागत गर्दै समृद्ध हुँदै समाजवादतर्फको यात्रामा जाने समस्या र चुनौतीमा परेका छौँ ।”
विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौंँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्त रहेको छ । एमाले नेकपा ९माओवादी केन्द्र० बीच २०७५ जेठ ३ मा एकतापछि पनि जबजकै मूलभूत सिद्धान्तसँग मेला खाने गरी ‘जनताको जनवाद’ को अन्तरिम वैचारिक नीति तय गरिएको थियो ।

जबजका विशेषता संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवाधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, राष्ट्रिय शर्तमा विदेशी पूँजी  र प्रविधिको उपयोग, शोषितपीडितलाई क्षतिपूर्तिलगायत आयामलाई नेपालको संविधानले समेटेको छ भने दलहरुका चुनावी घोषणापत्र पनि यी विषयबाट टाढा छैनन् । तथापि भण्डारीका विचारलाई माने पनि कम्युनिष्ट शक्ति एउटै मोर्चामा कटिबद्ध हुन सकेका छैनन्, जसले गर्दा मुलुकमा स्थिरता र समृद्धिको यात्रामा बाधा उत्पन्न भइरहेको छ ।

जीवराज आश्रित र मोदनाथ प्रश्रितसँगको सम्पर्क हुँदै भण्डारी पुष्पलाल नेतृत्वको नेकपामा जोडिई पछि त्यस समूहसँगको मनमुटावपछि  झापा विद्रोहको ‘कोअर्डिनेशन केन्द्र’मा समाहित हुनुभएको थियो । उक्त केन्द्र नेकपा ९माले० हुँदै २०४७ सालमा मनमोहन अधिकारी नेतृत्वको नेकपा ९माक्र्सवादी० सँगको एकतापछि नेकपा ९एमाले० निर्माण भएको थियो । विसं २०४६ को जनान्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता भण्डारीले २०४७ सालको संविधानमाथि नेकपा (माले) का तर्फबाट प्रस्तुत गर्नुभएको आलोचनात्मक समर्थनका २७ बुँदालाई एमालेले निरन्तर उठाउँदै आएको थियो । त्यसकै जगमा लोकतान्त्रिक आन्दोलनबाट मुलुकका गणतन्त्र स्थापना भएको छ ।

 तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई विसं २०४८ को निर्वाचनमा पराजित गर्दै काठमाडौँका दुई स्थानबाट विजय हासिल गर्ने भण्डारीप्रति लक्ष्य गर्दै ‘न्युजविक’ले लेखेको थियो, नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन् । उहाँको अवसानपछि एमाले २०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै पहिलो कम्युनिष्ट सरकार सञ्चालन गर्न सफल भएको थियो भने २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनबाट दुई तिहाइ नजीकको स्थितिमा पुगेको थियो । 

यसबीचमा नेकपामा विभाजन आएपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पमा अवरोध हुने देखिएको छ । मदन–आश्रित स्मृति दिवसको अवसर २०७५ जेठ ३ गते एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा बनेकामा २०७७ फागुन २३ गते सर्वोच्च अदालतको निर्णयले नेकपालाई वैधता नदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् रुपमा अलगअलग भएका छन् ।

विसं २०५० जेठ ३ गते एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा दासढुङ्गामा भएको जीप दुर्घटनामा परी अवासन हुनु नेपाली राजनीतिका लागि अपूरणीय क्षति हो । भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापीरुपमा मुलुकको समृद्धि, आर्थिक विकास, शैक्षिक सुधार आदि विषयमा कार्यशाला आयोजनाका साथै विविध रचनात्मक कार्यक्रम सञ्चालन गरेको छ । फाउण्डेशनले यसै अवसरमा कोभिड–१९ महामारी रोकथाममा अग्रमोर्चामा रहेका दुई स्वास्थ्यकर्मीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारको घोषणा पनि गरेको छ ।
–प्रकाश सिलवाल