२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखबाट पत्रकारका सन्दर्भमा व्यक्त विचार फिर्ता



अ+ अ-

काठमाडौं । सभामुख देवराज घिमिरेले केही दिन अघि पत्रकारका सन्दर्भमा व्यक्त बिबादास्पद बिचार फिर्ता लिनु भएको छ ।

केही दिन अघि दिनु भएको उहाायता उहाँको अभिव्यक्तिको बिरोध भएको थियो । आज नेपाल पत्रकार महासंघका प्रतिनिधि बिच उहाँकै कार्यकक्ष सिंहदरबारमा सभामुख र महासंघको नेतृत्वबीच भएको छलफल उहाँले आफ्नो अभिव्यक्ति फिर्ता लिनु भएको हो ।

महासंघका महासचिव रोशन पुरीका अनुसार नेपाली पत्रकार र नेपाली प्रेसका सन्दर्भमा दुई दिनअघि व्यक्त विचार फिर्ता लिँदै सभामुखले नेपाली प्रेसले नेपालको लोकतन्त्रका लागि खेलेको भूमिकाको सम्मान गर्दै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धता जनाउनु भएको छ ।

उहाँका अनुसार पत्रकार महासंघ र संघीय संसदको नेतृत्व दुबैले बन्ने क्रममा रहेका सञ्चार सम्बद्ध कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार मैत्री बनाउन सहकार्य गरेर पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।