२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता बेदुरामबाट स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिबालयमा निबेदन पेश



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता तथा राष्ट्रिय शभा सांसद  बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा निवेदन दिनु भएको छ । भुसालले आईतबार संसद सचिवालयमा पत्र दर्ता गराउनु भएको हो । पत्रमा उहाँले आफू नेकपाबाट  निर्वाचत  भएको तर नेकपा बिभाजन भै  नेकपा एमाले र माओवादी केन्द्र अगल अलग दल संसदमा रहेका कारण आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन भन्दै निबेदन दिनु भएको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले न्युजपोलारलाई जानकारी दिनुभयो ।  

पाण्डेले भन्नुभयो "यस्तो अबस्थाको संसद नियमावलीले कुनै व्यवस्था नै गरेको  छैन के गर्ने भन्ने बारेमा सोमबार छलफल हुन्छ ।"  राष्ट्रियशभाको बैठक आगामी १७ गतेका लागि आब्हान गरिएको छ ।  माधब नेपाल समूहका प्रभाबशाली नेता भुसालले राष्ट्रियशभामा नेकपा एमाले व्हिप नमान्ने र ओली समूहलाई दवाब दिन यस्तो निबेदन दिनु भएको हो ।

भुसालले न्यूजपोलार संग भन्नुभयो "जुुन दलबाट चुनाब जिते त्यो दल नभएका कारण एमाले र माओबादी मा नगै स्वतन्त्र  रुपमा रहने व्यवस्था मिलाउन संसद सचिवालयलाई आग्रह गरेको हु ।"  सर्बोच्च अदालतको फाल्गुन २८ गतेको फैसला पछि नेकपाबाट निर्बाचित जनप्रतिनिधिहरुलाई दल रोज्ने सुबिधा दिईएपनि स्वतन्त्र हैसियत दिने बारे  भने कुनै प्राबधान छैन ।