२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

एमाले नेता बेदुरामबाट स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिबालयमा निबेदन पेश

एमाले नेता  बेदुरामबाट स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिबालयमा निबेदन पेश
अ अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता तथा राष्ट्रिय शभा सांसद  बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा निवेदन दिनु भएको छ । भुसालले आईतबार संसद सचिवालयमा पत्र दर्ता गराउनु भएको हो । पत्रमा उहाँले आफू नेकपाबाट  निर्वाचत  भएको तर नेकपा बिभाजन भै  नेकपा एमाले र माओवादी केन्द्र अगल अलग दल संसदमा रहेका कारण आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन भन्दै निबेदन दिनु भएको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले न्युजपोलारलाई जानकारी दिनुभयो ।  

पाण्डेले भन्नुभयो "यस्तो अबस्थाको संसद नियमावलीले कुनै व्यवस्था नै गरेको  छैन के गर्ने भन्ने बारेमा सोमबार छलफल हुन्छ ।"  राष्ट्रियशभाको बैठक आगामी १७ गतेका लागि आब्हान गरिएको छ ।  माधब नेपाल समूहका प्रभाबशाली नेता भुसालले राष्ट्रियशभामा नेकपा एमाले व्हिप नमान्ने र ओली समूहलाई दवाब दिन यस्तो निबेदन दिनु भएको हो ।

भुसालले न्यूजपोलार संग भन्नुभयो "जुुन दलबाट चुनाब जिते त्यो दल नभएका कारण एमाले र माओबादी मा नगै स्वतन्त्र  रुपमा रहने व्यवस्था मिलाउन संसद सचिवालयलाई आग्रह गरेको हु ।"  सर्बोच्च अदालतको फाल्गुन २८ गतेको फैसला पछि नेकपाबाट निर्बाचित जनप्रतिनिधिहरुलाई दल रोज्ने सुबिधा दिईएपनि स्वतन्त्र हैसियत दिने बारे  भने कुनै प्राबधान छैन ।