२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाखमा फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउछ कि आउदैन: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको गबठन्धन आगामी ५ वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताउनु भयो । उहाँले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वभविक नरहेको बताउनु भयो । उहाँले अहिलेको गठबन्धनको अवस्थालाई मध्यनजर गर्दा गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गर्नुभयो । उहाँले नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने बारेमा आफू परिचित रहेको भन्दै राजनीतिक यात्राको बारेमा आफूलाई राम्रोसँग हेक्का रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन भन्नेकुरा उठेको छ । यो आशंका गर्नु अस्वभाविक होइन, तर त्यो अवस्था आउँदैन । यो गठबन्धन ५ वर्ष नै टिक्छ, राज्यका सबै समस्याहरुको समाधान गरेर अघि बढ्छ । यो गठबन्धन एकतावद्ध भएर अघि बढ्छ । यस कुरामा विश्वस्त हुन सबैलाई आह्वान गर्न चाहन्छु । संख्याले मात्रै हुँदैन, म आफैँ पनि त्यस्तो मान्छे हुँ २१ महिनासम्म २२ वटा पार्टीलाई साथमा लिएर कुनैपनि किसिमको समस्या बिना अन्तिम बिन्दुसम्म लैजाने काम गरेको छु । नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ । हाम्रो घटकहरुसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनु भयो । अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्प भएकाले तत्काल काम शुरु गर्न सरकारसँग आग्रह गर्नुभयो ।