• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

भोलि घोडेजात्राको दिन पनि राहदानी विभाग खुला रहने



काठमाडौँ । भोलि मंगलबार घोडे जात्राको दिन पनि राहदानी विभाग खुला रहने भएको छ । विभागका अनुसार बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म कार्यालय खुल्ने भएको हो ।

काठमाडौँ उपत्यकामा घोडेजात्राको दिन सार्वजनिक बिदा दिइन्छ । तर, अत्यावश्यक सेवाको रुपमा लिइएको राहदानी सेवा लिन आउने सेवाग्राहीलाई मर्का नपरोस् भनेर घोडेजात्राको दिन पनि केही समय कार्यालय खुला हुने विभागले जनाएको छ ।