२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

मदन भण्डारी जन्मजयन्ती: प्रम ओलीद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ

मदन भण्डारी जन्मजयन्ती: प्रम ओलीद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ
अ अ+ अ-

बाग्मती । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुहुने भएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौंडामा हुने शुभारम्भ कार्यक्रमकोे जननेता मदनको ७० औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।
बाग्मती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न  विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको हो ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको छ ।  जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले  जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउन अनुमति प्रदान गरेको छ । 

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्र्तराष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकारले प्रतिष्ठानको स्थापना गरेको हो ।  विसं। २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय बाग्मती प्रदेशको राजधानी हेटौडामा रहेको छ । एक स्वायत्त संस्थाको रुपमा रहेको प्रतिष्ठान  प्रदेश सरकारको गौरवको आयोजना  हो ।

कानूनीरुपमा प्रतिष्ठान स्थापना ऐन, २०७६ को साथै, पदाधिकारी व्यवस्थापन तथा सेवा सुविधा संवन्धि नियमावली, २०७७, आर्थिक प्रशासन नियमावली, २०७७, कर्मचारी सेवा, शर्त र सुविधासम्बन्धी नियमावली २०७७, अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७७ र शिक्षक सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली २०७७ जारी भई कार्यान्वयनमा आईसकेको छ ।
स्वास्थ्य बिमा कार्यक्रम मार्फत जनतालाई स्वास्थ्य सेवामा जोड्ने, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी तयार गर्ने, जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्ध ढङ्गले जनताको घर दैलोमा पुर्याउने, आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापना गर्ने, अनुसन्धानको कार्यलाई व्यवस्थित गर्दै अनुसन्धानको क्षेत्र फराकिलो बनाउने जस्ता नीतिहरुलाई लिएर प्रतिष्ठान अगाडि बढिरहेको रजिष्ट्रार प्रसाईँले बताउनुभयो ।

उहाँका अनुसार प्रतिष्ठान स्थापना भएको करिब दुईसय ९८ दिनमै प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन, नियमावलीहरु, पूर्वाधारहरु तयार गर्न आवश्यक जमीनको बन्दोवस्त, अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन, तोकिएको सबै मापदण्ड पूरा गरी यसै शैक्षिक सत्रवाट तीनवटा स्नातक तहका विषयका बिपिएच, बि।फार्मेसी र वि.एम.एल.टीको कक्षा सञ्चालनको लागि चिकित्सा शिक्षा आयोगबाट अनुमति तथा सीट संख्या समेत निर्धारण भई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जस्ता अवसरहरु यो प्रतिष्ठानलाई प्राप्त भएको छ ।