२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा सार्वजनिक यातायात, बजारपसल खुल्यो, के के खुलेनन् (हेर्नुहोस् सूची)



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता लम्बाइएपनि सार्वजनिक यातायात खुल्ने भएको छ। सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार कोरोनाभाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय गरेपनि भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका हुन्। 

कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ। 

भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो। अब झन् खुकुलो पारिने भएको छ।