२९ भाद्र २०८३, सोमबार
,
Latest
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई बाँस्कोटाको कटाक्ष : एकताबद्ध पार्ने कि कलम पार्टी बनाउने ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कटाक्ष गर्दै ट्वीट गरेका छन् । जननेता मदन भण्डारीको जन्मजयन्तीमा नेता नेपालले गरेको अपिलप्रति कटाक्ष गर्दै बाँस्कोटाले सोमवार ट्वीट गरेका हुन्। 

नेता नेपालले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै कम्युनिस्ट एकताका लागि अपिल गरेपछि नेता बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘जननेता मदनको जन्मजयन्तीमा जारी एक नेताको अपिल पढेको कम्युनिस्ट पार्टीलाई नयाँ शिराबाट एकीकृत गर्न आह्वान गरेको रहेछ । कुरा राम्रै हो । तर सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्ध पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो ? कन्फ्युज्ड भैयो । जननेताप्रति श्रद्धाञ्जलि !’