२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागकि र उड्डयनमन्त्रीको शब्द रचना रहेको गीन ‘पहराकी फूल’ सार्वजनिक भएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ठूलो बलिदानबाट गणतन्त्र ल्याइएको भएपनि समाजको जराभित्र गणतन्त्रको संस्कृति बस्न नसकेको बताउनु भयो । उहाँले आफू मन्त्री भएको ६२ दिन भएको तरपनि उल्लेख्य काम गर्न अझै नसकिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र त ल्याइयो तर समाजमा अझै गणतन्त्रको जरो गाड्न सकिएको रहेनछ, म मन्त्री भएको ६२ दिन भयो, यो बीचमा गाडी छ, गुरु जी छ, इन्जिन छ, तेल पनि छ, स्टार्ट पनि हुन्छ तर धुवाँ मात्रै छोड्छ हल्ला मात्रै गर्छ अघि बढ्दै बढ्दैन, पछि झरेर आफैँले ठेल्नुपर्छ ।’

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले गीत धेरै नै राम्रो रहेको बताउनु भयो । उहाँले आफूले भोगेको समयलाई गीतमार्फत छोटो समयमा देखाएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै निर्देशक शान्तिराम राईले चुनावअघिबाट गीत शुरु गरेपनि आज आएर गीत सार्वजनिक गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्नुभयो ।

गीतमा रुपकुमार राईको स्वर रहेको छ भने शब्द मन्त्री किराँतीको रहेको छ । भिडियोमा अभिनेता राईसँगै वेदना राई र मनिता जैसा वान्तवाको अभिनय रहेको छ ।