२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासमा सरकारी पक्षको बहस शुरू



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा सरकारी पक्षको बहस शुरू भएको छ । आइतबार रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु भएको हो । 

सरकारी पक्षको बहस सुरु भएसंर्गै सोमवार महान्यायाधीवक्ता रमेश वडालले बहसको शुरूआत गरेका छन् । महान्यायाधीवक्ता वडालले ३ घण्टा बहस गर्ने समय तोकिएको छ ।

वडालपछि नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्ने भएका छन् । पाण्डेयलाई बहसको लागी २ घण्टा बहस समय तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएपछि देउवासहित सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।