३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाविरुद्ध भारतको लज्जास्पद हार, दुई ओपनरले सकाइदिए खेल



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध सानदार जित निकालेको छ ।

आइतबार भीशकापट्टनममा भएको खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग १० विकेटले पराजित भएको हो ।

भारतले दिएको ११८ रनको समान्य लक्ष्य अष्ट्रेलियाले ११ ओभरमा विकेट नगुमाई पुरा गर्यो । अष्ट्रेलियाका लागि ओपनरद्वय मिचेल मार्स र ट्रेभिस हेडले अर्धशतकीय इनिङ्स खेले ।

मार्शले ३६ बलमा ६६ रन जोडे । उनले ६–६ चौका र छक्का प्रहार गरे । यस्तै हेडले ३० बलमा ५१ रन जोडे । उनले १० चौका प्रहार गरे ।

त्यसअघि पहिले ब्याटिङमा उत्रिएको भारतले २६ ओभरमा अलआउट हुँदै ११७ रन जोड्यो । भारतका लागि विराट कोहलीले ३५ बलमा ३१ रन जोड्दा अक्षर पटेल २९ रनमा अविजित रहे । यस्तै रविन्द्र जडेजाले ३९ बलमा १६ रन जोड्दा रोहित शर्माले १५ बलमा १३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ५ विकेट लिए भने सिन एबोटले तीन तथा नाथन एलिसले दुई विकेट लिए । योसँगै सिरिजमा १–१ को बराबरी भएको छ । अब बुधबार हुने खेलले विजेता निर्धारण हुनेछ ।