५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाविरुद्ध भारतको लज्जास्पद हार, दुई ओपनरले सकाइदिए खेल



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध सानदार जित निकालेको छ ।

आइतबार भीशकापट्टनममा भएको खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग १० विकेटले पराजित भएको हो ।

भारतले दिएको ११८ रनको समान्य लक्ष्य अष्ट्रेलियाले ११ ओभरमा विकेट नगुमाई पुरा गर्यो । अष्ट्रेलियाका लागि ओपनरद्वय मिचेल मार्स र ट्रेभिस हेडले अर्धशतकीय इनिङ्स खेले ।

मार्शले ३६ बलमा ६६ रन जोडे । उनले ६–६ चौका र छक्का प्रहार गरे । यस्तै हेडले ३० बलमा ५१ रन जोडे । उनले १० चौका प्रहार गरे ।

त्यसअघि पहिले ब्याटिङमा उत्रिएको भारतले २६ ओभरमा अलआउट हुँदै ११७ रन जोड्यो । भारतका लागि विराट कोहलीले ३५ बलमा ३१ रन जोड्दा अक्षर पटेल २९ रनमा अविजित रहे । यस्तै रविन्द्र जडेजाले ३९ बलमा १६ रन जोड्दा रोहित शर्माले १५ बलमा १३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ५ विकेट लिए भने सिन एबोटले तीन तथा नाथन एलिसले दुई विकेट लिए । योसँगै सिरिजमा १–१ को बराबरी भएको छ । अब बुधबार हुने खेलले विजेता निर्धारण हुनेछ ।