२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अचम्मका फ्यान, रश्मीकालाई भेट्न ९ सय किमीको यात्रा गरेर कोडागु पुगेपछि…



अ+ अ-

एजेन्सी । भारतमा कलाकारहरुप्रति फ्यानको अचम्मको क्रेज हुने गर्दछ ।  केही दिन पहिले मात्र एक फ्यान लामो दुरीको यात्रा तय गरेर कलाकार सोनु सुदलाई भेट्न उनको घरमा पुगेका थिए ।

साउथ अभिनेत्री रश्मीका मन्दनाको जीवनमा पनि यस्तै भएको छ । मुम्बइमा नायक अमिताभ बच्चनसँग चलचित्र ‘गुडबाई’को छायांकनमा व्यस्त रहेकी रश्मीकालाई भेट्न एक फ्यानले ९ सय किमीको दुरी पार गरेका हुन् ।

रश्मीकाको घर गुगलमा सर्च गरेर त्रिपाठी नाम गरेका ती फ्यान उनको घरसम्म पुगेका थिए । उनी, तमिलनाडुबाट कर्नाटकको कोडागुमा ९ सय किमीको दुरी पार गर्दै पुगेको बताइएको छ । तर, मुम्बइमा रहेकाले रश्मीकासँग उनको भेट भने भएन ।

रश्मीकाले यसबारे थाहा पाएपछि सामाजिक संजालमा लेखेकी छन्–‘प्रिय साथी, मलाई ढिलो मात्र यो कुराको जानकारी प्राप्त भएको छ । कृपया यस्तो केही पनि काम नगर्नुहोला । मलाई सामाजिक संजालमा नै प्रेम दिनु । तर, तपाइसँग भेट्न नपाउँदा म निकै दुःखी छु । म एक दिन हाम्रो भेट अवश्य पनि हुनेछ भन्ने आशा गर्छु  ।’