१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः एम्बाप्पेको गोलमा पिएसजीको जित, स्पोर्टिङविरुद्ध म्यान्चेस्टर सिटी हाबी



अ+ अ-

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तरगत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेको छ । 

मंगलबार राति भएको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पिएसजीले रियललाई १-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा खेलको ९०+४ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाए । नेयमारले उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन् । 

अब दोस्रो लेग रियलको घरेलु मैदानमा ९ मार्चको मध्यरातमा हुनेछ । 

यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीविरुद्ध सानदार जित निकालेको छ । 

सिटीले स्पोर्टिङलाई उसकै मैदानमा ५-० गोलले पराजित गरेको हो । सिटीलाई  जित दिलाउन बर्नार्डो सिल्भाले २ गोल गरे भने रियाद माहरेज, फिल फोडेन र रहिम स्टर्लिङले एक-एक गोल गरे । 

उक्त अवे जितसँगै सिटीले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

अब दोस्रो लेग सिटीको मैदानमा ९ मार्च राति हुनेछ ।