६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल र नेपाललाई भट्टराईको ब्यंग्य- सत्ताको तर पनि मार्ने अनि बाहिर साखुल्ले पनि हुने ?



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिनु भएको छ । सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने उल्लेख गर्नुभएको हो ।

भट्टराईले लेख्नु भएको छ–‘ एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न मिल्दैन१सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो!

नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीले  सरकारमा पनि रहने र  सडकमा पनि प्रदर्शन गर्दे आएको बेला अर्को सत्ताघटक दलका प्रमुख नेताले यस्तो टिप्पणी गर्नुभएको हो ।