५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग टूमा सर्वाधिक विकेट लिने नेपालका पाँच खेलाडी



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग–टू त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले सानदार प्रदर्शन गर्यो । अविश्वसनीय प्रदर्शन गर्दै सिरिजको छौठौँ स्थानमा रहेको नेपाल तेस्रो स्थानमा उक्लििदै सोझै विश्वकप छनोटमा स्थान बनायो । नेपालले पछिल्ला १२ मध्य ११ खेल जित्दै ओडिआई मान्यता बचाउदै विश्वकप छनोटमा पुग्यो । नेपालको यो सानदार प्रदर्शनमा बलरहरुको भुमिका उल्लेखनिय रह्यो ।

लिग–टू मा नेपालबाट स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ३१ खेलमा २८२ ओभर बलिङ गर्दा १ हजार १ सय ४२ रन खर्चेर कुल ७२ विकेट लिए । उनले यस सिरीजमा पाँच पटक चार विकेट र दुई पटक पाँच विकेट लिए । यससँगै उनी लिग–टू मा सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा रहे । ओमानका बिलाल खान ३५ खेलमा ७६ विकेट लिँदै  शीर्ष स्थानमा छन् ।

लिग टू मा नेपालका तीव्र गतिका बलर करण केसीले पनि सानदार प्रदर्शन गरे । उनले ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । उनले नेपालको लागि लिग–२ मा तीन पटक पाँच विकेट लिए । यससँगै उनी लिग–टू मा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् भने नेपालबाट दोस्रोमा छन्।

नेपालका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले लिग २ मा ३६ विकेट लिए । यससँगै उनी नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा तेस्रो स्थानमा रहे। उनले ३१ खेलमा २२८.३ ओभर बलिङ गर्दै कुल १ हजार १ सय ११ रन खर्चेर ३६ विकेट लिए । लिग टू मा भने सोमपाल १६ औं नम्बरमा छन् ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले लिग–टू मा ब्याटिङमा खासै राम्रो गर्न सकेनन् । यद्यपी उनको बलिङ र फिल्डिङ भने उत्कृष्ट रह्यो । ऐरीले १९४.२ ओभर बलिङ गर्दै ७ सय ३३ रन खर्चेर २३ विकेट लिए । नेपालको लागि उनी चौथो स्थानमा रहे ।

बायाँ हाते स्पिनर कुशल मल्लले लिग–टू मा नेपालको लागि १६ विकेट लिए । उनले १८ खेलमा १ सय १० ओभर बलिङ गर्दै कुल ५ सय २ रन खर्चे । नेपालले कुशललाई पार्टटाइम स्पिनरको रुपमा प्रयोग गरेको थियो । जसबाट उनले राम्रो सदुपयोग गरे र उनी नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीमा पाचौँमा परे ।