२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग टूमा सर्वाधिक विकेट लिने नेपालका पाँच खेलाडी



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग–टू त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले सानदार प्रदर्शन गर्यो । अविश्वसनीय प्रदर्शन गर्दै सिरिजको छौठौँ स्थानमा रहेको नेपाल तेस्रो स्थानमा उक्लििदै सोझै विश्वकप छनोटमा स्थान बनायो । नेपालले पछिल्ला १२ मध्य ११ खेल जित्दै ओडिआई मान्यता बचाउदै विश्वकप छनोटमा पुग्यो । नेपालको यो सानदार प्रदर्शनमा बलरहरुको भुमिका उल्लेखनिय रह्यो ।

लिग–टू मा नेपालबाट स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ३१ खेलमा २८२ ओभर बलिङ गर्दा १ हजार १ सय ४२ रन खर्चेर कुल ७२ विकेट लिए । उनले यस सिरीजमा पाँच पटक चार विकेट र दुई पटक पाँच विकेट लिए । यससँगै उनी लिग–टू मा सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा रहे । ओमानका बिलाल खान ३५ खेलमा ७६ विकेट लिँदै  शीर्ष स्थानमा छन् ।

लिग टू मा नेपालका तीव्र गतिका बलर करण केसीले पनि सानदार प्रदर्शन गरे । उनले ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । उनले नेपालको लागि लिग–२ मा तीन पटक पाँच विकेट लिए । यससँगै उनी लिग–टू मा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् भने नेपालबाट दोस्रोमा छन्।

नेपालका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले लिग २ मा ३६ विकेट लिए । यससँगै उनी नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा तेस्रो स्थानमा रहे। उनले ३१ खेलमा २२८.३ ओभर बलिङ गर्दै कुल १ हजार १ सय ११ रन खर्चेर ३६ विकेट लिए । लिग टू मा भने सोमपाल १६ औं नम्बरमा छन् ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले लिग–टू मा ब्याटिङमा खासै राम्रो गर्न सकेनन् । यद्यपी उनको बलिङ र फिल्डिङ भने उत्कृष्ट रह्यो । ऐरीले १९४.२ ओभर बलिङ गर्दै ७ सय ३३ रन खर्चेर २३ विकेट लिए । नेपालको लागि उनी चौथो स्थानमा रहे ।

बायाँ हाते स्पिनर कुशल मल्लले लिग–टू मा नेपालको लागि १६ विकेट लिए । उनले १८ खेलमा १ सय १० ओभर बलिङ गर्दै कुल ५ सय २ रन खर्चे । नेपालले कुशललाई पार्टटाइम स्पिनरको रुपमा प्रयोग गरेको थियो । जसबाट उनले राम्रो सदुपयोग गरे र उनी नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीमा पाचौँमा परे ।