४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल–पाकिस्तान मैत्री टि–२० क्रिकेट प्रतियोगिता सम्पन्न

नेपाल–पाकिस्तान मैत्री टि–२० क्रिकेट प्रतियोगिता सम्पन्न
अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी राजदूतावासले ‘नेपाल–पाकिस्तान मैत्री टि–२० क्रिकेट प्रतियोगिता–२०२३ को आठौँ संस्करण’ को आयोजना गरेको छ ।

प्रतियोगिता फागुन २६ देखि सुरु भएको थियो । प्रतियोगितामा १२ टोलीले भाग लिएका थिए।

यस वर्ष पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर, काठमाडौँले आठौँ संस्करणको नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिता–२०२३ को उपाधि जितेको छ भने दूतावासको पाकिस्तान टोली प्रतियोगिताको उपविजेता बनेको छ ।

पुरस्कार वितरण समारोहमा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई ‘हिमालय शमशेर राणा ट्रफी’ प्रदान गर्नुभयो ।

पाकिस्तानी राजदूतावासका अनुसार काठमाडौँका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङले पनि विशेष अतिथिको रुपमा कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

त्यस्तै समापन समारोहमा परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी र काठमाडौँस्थित कूटनीतिक नियोगका केही सदस्यहरूको पनि उपस्थिति थियो ।

समारोहमा श्रीलंकाका कार्यवाहक राजदूत, कतार र बंगलादेशका डेपुटी चिफ अफ मिसनको पनि सहभागिता थियो । उहाँहरुले टी–२० क्रिकेट प्रतियोगिताका प्रख्यात खेलाडी तथा पदाधिकारीहरुलाई पनि पुरस्कार प्रदान गर्नुभएको थियो ।

समारोहमा पूर्व परराष्ट्रमन्त्री पाण्डेले कार्यक्रमलाई सफलतापूर्वक आयोजना गरेकोमा पाकिस्तानी दूतावासको पहलको प्रशंसा गर्नुभयो। उहाँले यस्ता स्वस्थ कार्यक्रम आयोजनाले नेपालमा खेलकुद गतिविधिलाई मात्रै नभई दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताउनुभयो ।

पाकिस्तानी राजदूत उमैर अलीले यस प्रतियोगिताले नेपाल र पाकिस्तानबीच पारस्परिक हितका सबै क्षेत्रमा थप सहयोग र सहकार्यक लागि यसले एउटा एक पाइला अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले त्यस्ता स्वस्थ खेलकुद कार्यक्रमहरू आयोजना गरी दुई देशका युवाहरूलाई एकसाथ ल्याउने प्रयासलाई निरन्तरता दिने पाकिस्तानी दूतावासको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।