• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

संसदमा एमालेद्वारा प्रधानमन्त्रीको खोजी



काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाल) ले बैठकमा प्रधानमन्त्रीको खोजी गरेको छ ।

प्रमुख प्रतिपक्षी बेन्चमा बसेको पहिलो दिन नै एमालका सांसद रघुजी पन्तले संसद्मा सरकारका कामकारबाहीका विषयमा धेरै प्रश्न उठेको भन्दै ती विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड उपस्थित भएपनि संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गर्दै प्रधानमन्त्रीको खोजी गरेका हुन् ।

सांसद पन्तले यस विषयमा सभामुखबाट रुलिङ गर्न माग गर्नुभयो । यद्यपि सभामुख देवराज घिमिरेले उक्त विधेयक सञ्चारमन्त्री शर्मालाई प्रस्तुत गर्न अनुमति दिनुभयो ।