२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

बागदादमा इजिप्ट, इराक र जोर्डनका नेताहरुको भेट

बागदादमा इजिप्ट, इराक र जोर्डनका नेताहरुको भेट
अ अ+ अ-

काठमाडौं । इराकको राजधानी बागदादमा मध्यपूर्वी देशहरु इराक, इजिप्ट र जोर्डनका नेताहरुको आइतबार त्रिपक्षीय भेटवार्ता भएको बताइएको छ । सो वार्तामा इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमी, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र जोर्डनका राजा अब्दुल्लाह द्धितीयका बीचमा आइतबार भएको बताइएको छ । 

सो वार्ताको अग्रसरता इराकका प्रधानमन्त्री मुस्ताफाले लिनुभएको पनि विभिन्न अन्तार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । त्यस भेट तथा वार्ताका क्रममा उहाँहरुले आपसी आर्थिक साझेदारी र विकासलाई अझ सुदृढ बनाउने र सुरक्षाको विषय तथा क्षेत्रीय स्थायित्वका बारेमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ । 

सो भेटवार्तापछि आइतबार इराकी प्रधानमन्त्री मुस्ताफाको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– यो हामीहरुले गरेको भेटघाटले खासमा हामी एक छौँ र हामीले आवश्यकताअनुसार एक आपसमा सहयोगको आदान प्रदान गर्न सक्छौँ भन्ने हो । 

साथै सो विज्ञप्तिमा यी तीन देशका नेताहरुको उक्त भेटघाटले आफ्ना देशका जनतालाई आवश्यक परेको सहयोग गर्ने र त्यसका लागि हामीहरु तयार छौँ भनेर पनि 
सन्देश दिन खोजेको उक्त प्रेस वक्तव्यमा जनाइएको छ । 

त्यस विज्ञप्तिमा हालैका दिनहरुमा यी तीन ओटा  देशले सामना गरिरहेका चुनौतीहरुको समाधानका लागि सामुहिक रुपमा पहल गरिने जानकारी पनि दिइएको छ । खासमा यी तीन ओटा देशले हाल कोभिड १९ को समस्या झेल्नुपरिरहेको बताइएको छ । पछिल्ला दिनहरुमा यी देशमा पनि कोभिडले नराम्रोसँग असर गरिरहेको छ । 

त्यसैगरी जारी कोभिड १९को समस्यका कारण ती देशहरुको आर्थिक अवस्था निकै कठिन रुपमा गुज्रिरहेको र उनीहरुले आतंकवादका कारण सुरक्षाका क्षेत्रमा पनि चुनौती भोग्नुपरेको सो विज्ञप्तिमा जनाइएको छ । 

त्यसैले यी नेताहरुले जारी ती सबै खालका समस्याहरुको समाधानका लागि एकताबद्ध भएर लाग्ने कुराको प्रतिबद्धता व्यक्त गरेका पनि बताइएको छ ।