६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षको आसनमा



अ+ अ-

काठमाडौँ । सरकारमा सहभागी हुने निर्णय गरेसँगै नेपाली कांग्रेस प्रतिनिधिसभाको सत्ता पक्षको बेन्चमा बसेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता पक्षको बेन्चमा कांग्रेस बसेसँगै प्रतिनिधिसभाका दलहरुको आसन पनि फेरिएको छ ।

प्रमुख प्रतिपक्षीको बेन्चमा अब नेकपा (एमाले) बसेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस प्रतिपक्षको र एमाले सत्ता पक्षको बेन्चमा बस्दै आएका थिए ।

तर गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि ऊ प्रतिपक्षको बेन्चमै बसेको थियो । गत फागुन १७ गते बोलाइएको संसद् बैठकमा कांग्रेस र एमाले दुवैले प्रमुख प्रतिपक्षीको दाबी गरेका थिए ।

तर राष्ट्रपति निर्वाचनमा पुस १० गते बनेको सत्ता समीकरणमा परिवर्तन भएपछि एमाले प्रमुख प्रतिपक्षी दल बन्न पुगेको थियो । एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।

त्यस्तै सरकारबाट बाहिरिएसँगै समर्थन फिर्ता लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षी बेन्चमा बसेको छ ।