२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को महासचिवमा घनश्याम भुसाल मनोनित भएका छन् । आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले भुसाललाई पार्टी महासचिवमा मनोनित गरेको हो ।

यसअघि एकीकृत समाजवादीको महासचिव बेदुराम भूसाल रहेका थिए । उनी भने उपाध्यक्ष मनोनीत भएका छन् । घनश्यामलाई महासचिव तथा बेदुरामलाई उपाध्यक्षमा मनोनित गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

घनश्याम नेकपा एमाले छाडेर मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र लडेका थिए । निर्वाचनमा पराजित भएपछि भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यस्तै, बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रिय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

समाजवादीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ । सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइ नसकेको खतिवडाले बताए ।