२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज दुई खेल हुँदै



अ+ अ-

एजेन्सी । युरो कप फुटबल २०२० अन्तर्गत आज अन्तिम १६ का दुई खेलहरु हुँदैछन् ।

नकआउट चरणको पहिलो खेलमा स्पेन र क्रोएसियाले खेल्दैछन् ।

यी दुई टिमबीचको खेल राति ९ः४५ बजे डेनमार्कको पार्केन एरेनामा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

स्पेनले समूह 'ई' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो ।

यस्तै क्रोएसियाले समूह 'डी' बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो ।  क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

क्रोएसिया र स्पेनले हालसम्म ८ पटक एकअर्काविरुद्ध खेलेका छन्  । जसमा स्पेनले ४ खेल जितेको छ भने क्रोएशियाले ३ खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ । 

यस्तै आज मध्यरातमा रोमानियाको नेसनल एरेनामा फ्रान्स र स्विट्जरल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् । 

साविक उपविजेता समेत रहेको फ्रान्स समूह 'एफ' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।  

स्विट्जरल्यान्डले समूह 'ए' बाट समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोडेको थियो ।
 
यी दुई टिमले हालसम्म ३८ पटक एकअर्काविरुद्ध खेलेका छन् । जसमा फ्रान्स १६ पटक विजयी बनेको छ । स्वीट्जरल्यान्डले १२ पटक जित निकाल्दा १० खेल भने बराबरीमा टुंगिएको छ ।