२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई बौलाहा कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नु – प्रम ओली



अ+ अ-

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले माधव नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको स्पष्ट पार्नु भएको छ । बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो "आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छेलाई कसैले प्रधानमन्त्रीको प्रस्ताव गर्छ ? मलाई बौलाह कुकुरले टोकेको छ र माधव नेपाल जस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्छु ।"

उहाँले नेता नेपाललाई लाजशरम पचेको र पतन भै सकेको भन्दै ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिनुभयो । नेता माधव नेपालले केही दिन अघि राजधानीमा विपक्षी गठबन्धनव्दारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको दाबी गर्नु भएको थियो । उहाँले आफू विपक्षी गठबन्धनलाई धोका दिन नसक्ने बताउनु भएको थियो ।