२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई बौलाहा कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नु – प्रम ओली



अ+ अ-

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले माधव नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको स्पष्ट पार्नु भएको छ । बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो "आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छेलाई कसैले प्रधानमन्त्रीको प्रस्ताव गर्छ ? मलाई बौलाह कुकुरले टोकेको छ र माधव नेपाल जस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्छु ।"

उहाँले नेता नेपाललाई लाजशरम पचेको र पतन भै सकेको भन्दै ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिनुभयो । नेता माधव नेपालले केही दिन अघि राजधानीमा विपक्षी गठबन्धनव्दारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको दाबी गर्नु भएको थियो । उहाँले आफू विपक्षी गठबन्धनलाई धोका दिन नसक्ने बताउनु भएको थियो ।