२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आजको सुनको मूल्यले रेर्कड ब्रेक गरेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

आज छापावाल सुन २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार उक्त सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

उस्तै, चाँदी पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।