२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूयोर्कमा रहेको रेष्टुरेन्टमा पानीपुरी बेच्दै प्रियंका



अ+ अ-

एजेन्सी । बलिउडकीमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनयले छाप छोड्न सफल अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडका कैयौं ठूला प्रोजेक्टमा व्यस्त छिन् । जसकारण उनले न्यूयोर्कमा सञ्चालनमा ल्याएको सोना रेष्टुरेन्टमा जाने मौका पाइरहेकी थिइनन् ।

हालैमात्र उनले आफ्नो व्यस्त समय तालिकाबाट केही समय फुर्सद निकालेर रेष्टुरेन्ट पुगिन् । जहाँ उनले आफ्ना नजिकका साथीहरुसँग निकै मस्ती गर्दै आमा मधु चोपडाको जन्मदिन पनि मनाइन् ।

प्रियंकाले सामाजिक सञ्जालमा रेष्टुरेन्टमा साथीहरुसँग पानीपुरी खाइरहेको तस्वीर पनि राखेकी छन् ।

प्रियंकाको उक्त रेष्टुरेन्टमा भारतीय खानेकुरालाई प्राथमिकतामा राखिएको छ जसमा पानीपुरी आइटम पनि रहेको छ ।