२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड र छेपारो उस्तै हो, रंग फेर्नु कुन नौलो कुरा भयो र ? : प्रम ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारो संग तुलना गर्नुभएको छ ।  मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो "प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको , किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त ! ’ ।

उहाले प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गर्दे उहाँले भन्नुभयो  ‘खैरोखौरो मुढामा गयो भने खैरो रंग बनाउने छ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।’ प्रचण्डको चर्को आलोचना गर्दे ओलीले भन्नुभयो ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छ । कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छ, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छ । कहिले राष्टपतिभन्दा राजा नै ठीक भन्छ,’ उनले अघि भने, ‘यो कुन ठूलो कुरा हो र प्रचण्डका लागि ।’

प्रचण्डले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको, जनताले दुःखले जम्मा गरेको पैसा बैंकबाट लुटेको,सानका किसानको उठिबास बनाएको , बाँदरमुढे घटना घटाएको, मानिसहरुलाई महिनौंसम्म नियन्त्रणमा लिएर निर्मम, जघन्य अपराध गरेको तर  अहिले लोकतन्त्रको मसिहा बन्दा दुनियाले आश्चर्य मानेको भन्दै कटाक्ष गर्नुभयो ।