२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड र छेपारो उस्तै हो, रंग फेर्नु कुन नौलो कुरा भयो र ? : प्रम ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारो संग तुलना गर्नुभएको छ ।  मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो "प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको , किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त ! ’ ।

उहाले प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गर्दे उहाँले भन्नुभयो  ‘खैरोखौरो मुढामा गयो भने खैरो रंग बनाउने छ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।’ प्रचण्डको चर्को आलोचना गर्दे ओलीले भन्नुभयो ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छ । कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छ, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छ । कहिले राष्टपतिभन्दा राजा नै ठीक भन्छ,’ उनले अघि भने, ‘यो कुन ठूलो कुरा हो र प्रचण्डका लागि ।’

प्रचण्डले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको, जनताले दुःखले जम्मा गरेको पैसा बैंकबाट लुटेको,सानका किसानको उठिबास बनाएको , बाँदरमुढे घटना घटाएको, मानिसहरुलाई महिनौंसम्म नियन्त्रणमा लिएर निर्मम, जघन्य अपराध गरेको तर  अहिले लोकतन्त्रको मसिहा बन्दा दुनियाले आश्चर्य मानेको भन्दै कटाक्ष गर्नुभयो ।