५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसँग बराबरीमा रोकियो चेल्सी, टोटेनहमले साउथह्याम्प्टनसँग अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा एभर्टनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ५२ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा एब्डोलाए डोउकोरेले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।

७६ औं मिनेटमा काई हाभेर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई २–१ को स्थितीमा लगे । तर, ८९ औं मिनेटमा एलिस सिम्सले गोल गर्दै एभर्टनलाई २–२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

यो नतिजासँगै चेल्सी २७ खेलबाट ३८ अंकसहित १० औं स्थानमा रहँदा समान खेलबाट २६ अंकसहित एभर्टन १५ औं स्थानमा रहेको छ ।

साउथह्याम्प्टन र टोटेनहमको रोमाञ्चक बराबरी


यस्तै शनिबार राति नै भएको अर्को खेलमा साउथह्याम्प्टन र टोटेनहमले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको पहिलो हाफको इन्जुरी समयमा पेड्रो पोरोले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा चे एडम्सले गोल गर्दै घरेलु टोली साउथह्याम्प्टनलाई १–१ को बराबरीमा ल्याए । ६५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमको अग्रता २–१ ले अघि बढाए ।

यस्तै ७४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै टोटेनहमलाई ३–१ को स्थितीमा पुर्याए । यता, खेलको ७७ औं मिनेटमा थिओ वाल्कटले गोल गर्दा साउथह्याम्प्टन २–३ को अवस्थामा आयो । खेल सकिनै लाग्दा इन्जुरी समयमा जेम्स वार्ड प्रोसले पेनाल्टीमार्फत गोल गर्दै साउथह्याम्प्टनलाई हारबाट जोगाए ।

यो नतिजासँगै टोटेनहम २८ खेलबाट ४९ अंकका साथ चौंथो स्थानमा रहेको छ । साउथह्याम्प्टन भने समान खेलबाट २३ अंकका साथ पुछारमा रहेको छ ।

ब्रेन्टफोर्ड र लेस्टरको बराबरी


यस्तै अर्को खेलमा ब्रेन्टफोर्ड र लेस्टर सिटीले बराबरी खेलेका छन् । दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ३२ औं मिनेटमा म्याथियस जेनसेनले गोल गर्दै घरेलु टोली ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ५२ औं मिनेटमा हार्वी बान्र्सले गोल गर्दै लेस्टरलाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबैले एक–एक अंक बाँडे ।

बराबरीसँगै ब्रेन्टफोर्ड २७ खेलबाट ४२ अंकसहित तालिकाको ८ औं स्थानमा रहेको छ भने समान खेलबाट २५ अंकसहित लेस्टर १७ औं स्थानमा रहेको छ ।