२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिविरुद्ध मुद्दा हालेर देउवालगायतका निवेदकहरूले आफ्नै इज्जत फालेः महान्यायाधिवक्ता



अ+ अ-

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिविरुद्ध रिट दर्ता गरेर कांग्रेस सभापति शेरबहादुर देउवालगायतका रिट निवेदकहरूले आफ्नो इज्जत फालेको आरोप लगाएका छन् ।

संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले देउवाले प्रधानमन्त्रीमा दावी गर्न बुझाएको लिखितको वैधानिकतामाथि प्रश्न समेत उठाएका छन् ।

उनले प्रश्न गरे, ‘त्यो कागज देउवालाई प्रधानमन्त्री बनाउनकै लागि तयार गरिएको हो त ? कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएको छ । यो त मजाक हो । केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ?’