२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिविरुद्ध मुद्दा हालेर देउवालगायतका निवेदकहरूले आफ्नै इज्जत फालेः महान्यायाधिवक्ता



अ+ अ-

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिविरुद्ध रिट दर्ता गरेर कांग्रेस सभापति शेरबहादुर देउवालगायतका रिट निवेदकहरूले आफ्नो इज्जत फालेको आरोप लगाएका छन् ।

संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले देउवाले प्रधानमन्त्रीमा दावी गर्न बुझाएको लिखितको वैधानिकतामाथि प्रश्न समेत उठाएका छन् ।

उनले प्रश्न गरे, ‘त्यो कागज देउवालाई प्रधानमन्त्री बनाउनकै लागि तयार गरिएको हो त ? कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएको छ । यो त मजाक हो । केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ?’