५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना शुरु

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना शुरु
अ+ अ-

बेइजिङ । चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ ।

जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम चीनमा ठूला जलविद्युत गृहहरु निर्माण भइरहेका छन् । यद्यपी जलविद्युत उत्पादनका लागि ठूला बाँध बनाउँदा पर्यावरणीय क्षतिमा चीनले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको छ ।

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युत गृह निर्माणको घोषणा भएको छ । बाइहेटान बाँधको उचाई २८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुनेछन् । यो सन् २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो । थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ । 

यी दुबै विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो । यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्बाधिक ठूलो लगानीकर्ता हो । 

विश्वका अन्य कतिपय मुलुकले जलविद्युत उत्पादनलाई त्याग्न थालेका छन् किनभने यसबाट समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विशृंखलित बनाउने तथा माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने वातावरणविदहरुको चेतावनी दिइरहेका छन् ।

चीनले उत्पादित विद्युतलाई शाङ्घाई र अन्य पूर्वी शहरहरुमा उच्च गतिको प्रसारण लाइनबाट विद्युत लैजाने गरेको छ । बाइहेटान विद्युतगृहबाट उत्पादित विद्युत उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि बर्सेनि दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । (रासस–एपी)