२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक पक्राउ



अ+ अ-

काठमाडौं । भक्तपुरमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा घर भइ भक्तपुर नगरपालिका वडा नम्बर ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाई रहेका छन् । 

आइतबार दिउँसो तीन बजे दमाईले घरमा कोही नभएको मौका पारी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालिकाकी आमाले साँझ महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीपछि प्रहरीले साँझ नै वसन्त दमाईलाई पक्राउ गरेको हो । 

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।