• १६ चैत्र २०७९, बिहीबार
  •      Thu Mar 30 2023
  •   Unicode
Logo
Latest
★   ११ बुँदे घोषणापत्र जारी गर्दै सकियो न्यायिक समिति राष्ट्रिय सम्मेलन ★   तनहुँ १ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस ★   मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या ★   न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट ११ बुँदे न्यायिक समिति काठमाडौं घोषणा ★   पूर्वाग्रहले न्याय हुँदैनः का.मु. प्रधानन्यायाधीश कार्की ★   एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र ★   बागमती प्रदेशः एक लाखले एसइई परीक्षा दिँदै ★   ‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड ★   बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल ★   बालउद्धार माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

थिएटर अवार्डमा विमल सुवेदीको नाटक



काठमाडौँ । नेपाली नाट्यकर्मी विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को चार विधामा मनोनयनमा परेको छ ।

उनकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, सङ्गीत, नृत्य र लाइटसहित निर्देशन विधामा मनोनयनमा परेको हो । भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ बाट छानिएर उत्कृष्ट १० मा परेको हो । यसरी छानिएका दश नाटक मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुँदैछन् । मनोनयनमा परेको नाटकलाई निर्देशक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार गरेका थिए ।

“जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था नाटकमा चित्रण गरिएको छ । घर बन्ने प्रक्रियादेखि बनेको घर भताभङ्ग भएको अवस्थासम्मलाई अभिव्यक्ति गर्ने प्रयास गरेका छौँ”, निर्देशक सुवेदीले भने । नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित उनले नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरिएको जानकारी दिए । नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा प्रदर्शन हुँदैछ । रासस