२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाम्रो टिम नेपाल’का विमल पन्तलगायतका अभियन्तालाई प्रहरीले नियन्त्रणमा लियो



अ+ अ-

काठमाडौं । ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गालाई  काठमाडौंं महानगरपालिकाले खाली गराएको छ ।

महानगरले अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र बारम्बार ताकेता गर्दा पनि खाली नगरको भन्दै जग्गा खाली गराएको हो ।

महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तलगायतका अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ ।

हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान चलाउँदै आएको थियो ।