१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज संसदमा एमसिसी पेश हुँदै, काठमाडौंको सुरक्षामा कडाई, बन्दले जनजीवन प्रभावित



अ+ अ-

काठमाडौं । आज एक बजेका लागि आह्वान गरिएको संसद बैठकलाई लक्ष्य गरेर बानेश्वरस्थित संसद भवन वरपरको शान्ति सुरक्षाको अवस्थामा कडाई गरिएको छ । आज बिहानैदेखि बानेरश्वर वरपर मानिसहरुको आवतजावतमा पनि निगरानी राखिएको छ ।

बानेश्वर र बबरमहलसम्मको अवस्था निकै कडाई गरिएको देखिएको छ । यी क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ छन् भने समूहमा हिँडिरहेका मानिसहरुलाई सोधपुछ समेत गरिएको देखिएको छ । आजको संसद बैठकमा एमसिसी परियोजना अनुमोदनसम्बन्धी एजेण्डा प्रस्तुत हुदैछ । यसैकारण सो क्षेत्रमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरुलाई रोक्न यसो गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको छ।

एमसिसी परियोजनाको विरोधमा उनीहरुले बन्दको आह्वान गरेका हुन् । बन्दका कारण आज बिहानैदेखि मानिसहरुलाई आवतजावत गर्न पनि कठिनाई भएको छ । बन्दको आह्वानकर्ताहरुले ठाउँ ठाउँमा जुलुश निकाल्नुका साथै बन्द गर्न आह्वान गर्दै हिँडेको देखिएको छ ।

यता सरकारले भने आजै सो सम्झौता संसदमा पेश गर्ने तयारी गरेको छ । अहिले ११ः३० बजे सभामुखले कार्यब्यवस्था समितिको बैठक बोलाएका छन् । सोही बैठकले कार्यसूचीमा परिवर्तन गरी उक्त सम्झौता संसदमा पेश गर्ने कार्यसूची बनाउने अनुमान गरिएको छ ।