१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

आज संसदमा एमसिसी पेश हुँदै, काठमाडौंको सुरक्षामा कडाई, बन्दले जनजीवन प्रभावित

आज संसदमा एमसिसी पेश हुँदै, काठमाडौंको सुरक्षामा कडाई, बन्दले जनजीवन प्रभावित
अ अ+ अ-

काठमाडौं । आज एक बजेका लागि आह्वान गरिएको संसद बैठकलाई लक्ष्य गरेर बानेश्वरस्थित संसद भवन वरपरको शान्ति सुरक्षाको अवस्थामा कडाई गरिएको छ । आज बिहानैदेखि बानेरश्वर वरपर मानिसहरुको आवतजावतमा पनि निगरानी राखिएको छ ।

बानेश्वर र बबरमहलसम्मको अवस्था निकै कडाई गरिएको देखिएको छ । यी क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ छन् भने समूहमा हिँडिरहेका मानिसहरुलाई सोधपुछ समेत गरिएको देखिएको छ । आजको संसद बैठकमा एमसिसी परियोजना अनुमोदनसम्बन्धी एजेण्डा प्रस्तुत हुदैछ । यसैकारण सो क्षेत्रमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरुलाई रोक्न यसो गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको छ।

एमसिसी परियोजनाको विरोधमा उनीहरुले बन्दको आह्वान गरेका हुन् । बन्दका कारण आज बिहानैदेखि मानिसहरुलाई आवतजावत गर्न पनि कठिनाई भएको छ । बन्दको आह्वानकर्ताहरुले ठाउँ ठाउँमा जुलुश निकाल्नुका साथै बन्द गर्न आह्वान गर्दै हिँडेको देखिएको छ ।

यता सरकारले भने आजै सो सम्झौता संसदमा पेश गर्ने तयारी गरेको छ । अहिले ११ः३० बजे सभामुखले कार्यब्यवस्था समितिको बैठक बोलाएका छन् । सोही बैठकले कार्यसूचीमा परिवर्तन गरी उक्त सम्झौता संसदमा पेश गर्ने कार्यसूची बनाउने अनुमान गरिएको छ ।