• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी ★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे ★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य ★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट ★   कसरी गर्ने पदयात्राको तयारी ?

राष्ट्रपति पौडेल र भारतीय समकक्षी मुर्मूबीच टेलिफोन संवाद



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उहाँका भारतीय समकक्षी द्रौपदी मुर्मूले शुक्रबार साँझ टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

टेलिफोन संवादका क्रममा भारतीय राष्ट्रपति मुर्मूले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो सङ्र्घष र योगदान पुर्याउने व्यक्ति नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा खुशी व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशचन्द्र चालिसेले जानकारी दिनुभयो ।

संवादका क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, धार्मिक तथा भौगोलिकरूपले अत्यन्त निकट र प्रगाढ सम्बन्ध भएको छिमेकी रहेको समान धारणा राख्दै आगामी दिनमा यो सम्बन्ध अझ सुमधुर र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा राष्ट्रपति पौडेलले उहाँका भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमण गरी पशुपतिनाथ दर्शन गर्न निमन्त्रणा दिनुभएको थियो । रासस