२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन क्याम्पसमा तीन विद्यार्थी संगठनद्वारा तोडफोड र आगजनी



अ+ अ-

काठमाडौं ।  तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

विभिन्न माग राख्दै आएका अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् ।

क्याम्पसमा ९६ जनाको बीएससी सीएसआईटी कोटामा यसअघि नै ८० जनाको नाम दुई चरणमा गरी प्रकाशित भइसकेकामा क्याम्पस प्रशासनले आइतबार अनलाइन प्रविधिबाट तेस्रो चरणमा १६ जनाको नाम प्रकाशित गरेपछि त्यसको विरोधमा तीन विद्यार्थी संगठन उत्रिएका हुन् ।

विद्यार्थी संगठनहरुको आफूहरुसँग सल्लाह नै नगरी नतिजा प्रकाशन गरेको आरोप छ । विद्यार्थी संगठनहरुले सोमबार विभिन्न मागसहितको संयुक्त विज्ञप्ति पनि जारी गरेका छन् । त्यसमा क्याम्पसको शैक्षिक र भौतिक सुधारको माग पनि उल्लेख गरिएको छ ।