२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल, सिटौला र सुजाता छलफलमा, देउवाको बिकल्पको खोजी



अ+ अ-

 काठमाडौ ।  आगामी भदौ १६ देखि १९ गतेसम्म हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति  नजिकिँदै जाँदा नेतृत्वको लागि नेताहरुको दौड तिब्र भएको छ । सभापति शेरबहादुर देउवा फेरी एक पटक नेतृत्व लिन अघि सर्नुभएको छ भने उहाँलाई उपसभापति बिमलेन्द्र निधिले टक्कर दिनुभएको छ ।

उता बरिष्ठ नेता रामचन्द्र पौडेलपनि पार्टीको नेृत्व लिन फेरी पनि दौडमा निस्कनु भएको छ । सोमबार नेता पौडेल पार्टी भित्र एक समूहको नेतृत्व गर्नुभएका पूर्बमहामन्त्री कृष्ण सिटौला र कोईराला परिबारको बिरासत धान्ने नेतृत्वको खोजी गर्दे आउनु भएकी नेतृ सुजाता कोईराला बीच छलफल भएको छ ।

कोईराला निबास मण्डिखाटारमा भएको छलफलमा सभापति देउवाको बिकल्पमा सकेसम्म अर्को नेतृत्वलाई अगाडी सार्ने बारेमा छलफल भएको जनाईएको छ ।