काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३८५३ संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जनाको पिसिआर र ४ हजार ९९२ जनाको एन्टिजेन विधिबाट गरी ११ हजार ६४० परीक्षण गरिएको थियो ।
नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ३५ हजार १८८ जनामा र एन्टिजेन परीक्षणबाट ३३ हजार ३३ जनामा कोरोना संक्रमण पाइएको छ ।
त्यसमध्ये ५ लाख ८८ हजार १८७ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार ५१ जनाको मृत्यु भएको छ ।