२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २४४४ जनामा कोरोना पुष्टि, ४२ को निधन



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३८५३ संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जनाको पिसिआर र ४ हजार ९९२ जनाको एन्टिजेन विधिबाट गरी ११ हजार ६४० परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ३५ हजार १८८ जनामा र एन्टिजेन परीक्षणबाट ३३ हजार ३३ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ५ लाख ८८ हजार १८७ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार ५१ जनाको मृत्यु भएको छ ।