• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा ★   किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ? ★   म्यान्चेस्टर युनाइटेडको सहज जित ★   लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध ★   आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो

कलाकार जोडी ईशान र सबिताको ‘मिल्दो बिचार’ को बोल्ने क्यानभास -फोटो फिचर



काठमाडौं । कलाकार दम्पति जोडी ईशान परियारसबिता डंगोलको मिल्दो बिचार भावमा चित्रकला प्रर्दशनी भै रहेको छ ।

कलाकार जोडी ले आफनो विवाह उत्सवको अबसर पारेर चौथो युगल प्रदर्शनीकाे आयोजना गरेका हुन् । मिल्दो बिचार भावमा कोरिएका २२ ओटा चित्रहरु प्रर्दशनीमा समेटिएका छन् । नेपाली समसामयिक कला मा डुङगा र काइयो बनाउने कलाकार को रुपमा नेपाली कला जगतमा चिन्ने गरेको छ ।

प्रदर्शनी मा दुबै कलाकारले एउटै क्यानभासमा पनि केहि चित्रहरु बनाएर समाबेस गरेका छन् । इन्कार्नेसन र इन्टर्फिउजन शीर्षक यि दुइ चित्र हरुमा पहिलो मा शिव र पार्वती को अर्धनारेस्वर को शरिर लाई मुख्य विषय को रुपमा प्रस्तुत गरिएको छ जसमा दुबै कलाकारहरुले दाँया र बाँया आआफ्नो परिवेष लाई अत्यन्तै मनमोहक रुपमा प्रस्तुत गरिएको छ । अर्धानारेस्वरको रुप लाई आफ्नै शैली मा कोरिएको यो चित्र मा पृष्ठभुमीमा चन्द्र र सुर्य लाई एउटै क्यान्भास मा दाँया र बाँया बनाइएको छ । यो चित्रमा मुलत प्रकृती र पुरुष को संयोजन लाई आकर्षक रङमा बनाइएको छ ।

अर्को चित्र इन्टरफिउजन मा यिङ याङ को आकार भित्र एक जोडी युवा युवती र आआफ्नो परिवेश अनुसारको हिमाल्, मठ मन्दिर स्तुपा, घर आदी आकृती लाई बनाइएको छ । इशान को अर्काे चित्रमा कास्ठमन्डप लाई लिएर समय बितेर जान्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने अर्को वेल्कम ब्याक टु होम भन्ने चित्रमा प्रसिद्ध कलाकार लियोनार्दो दा भिन्ची को पात्र मोनालिसा लाई नेपाली ढाका को पहिरन मा लक्ष्मी नारायणको मुर्ती बिदेस बाट नेपाल मा फिर्ता ल्याइएको सन्दर्भ लाई मोनालिसा जस्तो बहुमुल्य कृती जस्तै हाम्रो नेपालका मुर्तिहरु पनि महत्वपूर्ण र मुल्यवान छन भनि देखाउन खोजिएको छ ।

त्यस्तै सबिता को अर्को चित्रमा एक जोडी लाई सुगामा चढी उडिरहेको अवस्था मा सेल्फी स्टिक र एअर फोन लिएको देखाइएको छ ।

प्रदर्शनीमा कलाकार दम्पतीले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गर्नुभएको छ ।

चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो समयको धैर्यलाई बोध गरेको उहाँहरुले बताउनुभयो ।

प्रदर्शनी मार्च ३ देखी सुरु भएर मार्च ३१ ( चैत १७ शुक्रबार ) सम्म सिद्धार्थ आर्ट ग्यालरी एनेक्स, बबरमहलमा रहनेछ ।