२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कलाकार जोडी ईशान र सबिताको ‘मिल्दो बिचार’ को बोल्ने क्यानभास -फोटो फिचर

कलाकार जोडी ईशान र सबिताको ‘मिल्दो बिचार’ को बोल्ने क्यानभास -फोटो फिचर
अ अ+ अ-

काठमाडौं । कलाकार दम्पति जोडी ईशान परियार र सबिता डंगोलको मिल्दो बिचार भावमा चित्रकला प्रर्दशनी भै रहेको छ ।

कलाकार जोडी ले आफनो विवाह उत्सवको अबसर पारेर चौथो युगल प्रदर्शनीकाे आयोजना गरेका हुन् । मिल्दो बिचार भावमा कोरिएका २२ ओटा चित्रहरु प्रर्दशनीमा समेटिएका छन् । नेपाली समसामयिक कला मा डुङगा र काइयो बनाउने कलाकार को रुपमा नेपाली कला जगतमा चिन्ने गरेको छ ।

प्रदर्शनी मा दुबै कलाकारले एउटै क्यानभासमा पनि केहि चित्रहरु बनाएर समाबेस गरेका छन् । इन्कार्नेसन र इन्टर्फिउजन शीर्षक यि दुइ चित्र हरुमा पहिलो मा शिव र पार्वती को अर्धनारेस्वर को शरिर लाई मुख्य विषय को रुपमा प्रस्तुत गरिएको छ जसमा दुबै कलाकारहरुले दाँया र बाँया आआफ्नो परिवेष लाई अत्यन्तै मनमोहक रुपमा प्रस्तुत गरिएको छ । अर्धानारेस्वरको रुप लाई आफ्नै शैली मा कोरिएको यो चित्र मा पृष्ठभुमीमा चन्द्र र सुर्य लाई एउटै क्यान्भास मा दाँया र बाँया बनाइएको छ । यो चित्रमा मुलत प्रकृती र पुरुष को संयोजन लाई आकर्षक रङमा बनाइएको छ ।

अर्को चित्र इन्टरफिउजन मा यिङ याङ को आकार भित्र एक जोडी युवा युवती र आआफ्नो परिवेश अनुसारको हिमाल्, मठ मन्दिर स्तुपा, घर आदी आकृती लाई बनाइएको छ । इशान को अर्काे चित्रमा कास्ठमन्डप लाई लिएर समय बितेर जान्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने अर्को वेल्कम ब्याक टु होम भन्ने चित्रमा प्रसिद्ध कलाकार लियोनार्दो दा भिन्ची को पात्र मोनालिसा लाई नेपाली ढाका को पहिरन मा लक्ष्मी नारायणको मुर्ती बिदेस बाट नेपाल मा फिर्ता ल्याइएको सन्दर्भ लाई मोनालिसा जस्तो बहुमुल्य कृती जस्तै हाम्रो नेपालका मुर्तिहरु पनि महत्वपूर्ण र मुल्यवान छन भनि देखाउन खोजिएको छ ।

त्यस्तै सबिता को अर्को चित्रमा एक जोडी लाई सुगामा चढी उडिरहेको अवस्था मा सेल्फी स्टिक र एअर फोन लिएको देखाइएको छ ।

प्रदर्शनीमा कलाकार दम्पतीले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गर्नुभएको छ ।

चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो समयको धैर्यलाई बोध गरेको उहाँहरुले बताउनुभयो ।

प्रदर्शनी मार्च ३ देखी सुरु भएर मार्च ३१ ( चैत १७ शुक्रबार ) सम्म सिद्धार्थ आर्ट ग्यालरी एनेक्स, बबरमहलमा रहनेछ ।