५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट एक तह माथि: क्यान अध्यक्ष चन्द



अ+ अ-

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै शुक्रवार अध्यक्ष चन्दले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रुपमा क्यानले लिएको बताउनु भयो । उहाँले क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभइ खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रुपमा क्रिकेटलाई राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विजयबाट नेपाली क्रिकेट एक तह माथि पुगेको भन्ने नेपाल क्रिकेट संघले महशुस गरेको छ । क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित हुँदैन, राज्यको यसमा ध्यान जान जरुरी छ । राज्यको प्राथमिकतमा मात्रै होइन, पहिलो प्राथमिकतमा खेलकुद क्षेत्रमा पर्नुपर्छ । खेलाडीहरुको भविष्य सुनिश्चित गर्न आग्रह गर्छु । ठूलो प्रतियोगिताको तयारी हामी गर्दैछौँ, त्यसका लागि पूर्वाधार छैन । हिजो ३० हजार बढी दर्शक उपस्थित हुनुहुन्थ्यो, लाइटहरु छैन ।’

अध्यक्ष चन्दले सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनु भयो । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले बिहीवार युएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शकहरु पुगेको बतउनु भयो ।