५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपरस्टारलाई अन्तिम श्रद्धाञ्जली दिन ३० लाख फ्यान भेला, कर्नाटकमा २ दिन मदिरा बिक्री बन्द



अ+ अ-

एजेन्सी । कन्नड सुपरस्टार पुनीत राजकुमार जीवित हुन्थे भने उनले आज आफ्नो ४९ औं जन्मदिन मनाउने थिए । पुनीतको २९ अक्टोबर २०२१ मा हृदयघातका कारण मृत्यु भएको थियो ।

मृत्युको खबर फैलिने बित्तिकै भारत सरकारले पूरै बैंगलोर शहरमा धारा १४४ लगायो र दुई दिनको लागि मदिरा बिक्री बन्द गर्यो । बैंगलोरमा फ्यान जम्मा हुन थाले ।

पुनीतको शव राखिएको ठाउँमा करिब ३० लाख मानिस जम्मा भएका थिए । अन्तिम दर्शनका लागि केही किलोमिटर लामो लाइन लागेको थियो । पुनीतको निधनपछि १० जना फ्यानको मृत्यु भयो, केहीले आत्महत्या गरे र कोही हृदयघातका कारण ज्यान गुमाए ।

पूरै कन्नड सिनेमामा पुनित राजकुमारको क्रेज यस्तो थियो । उनी सुपरस्टार राजकुमारका छोरा थिए । पुनित कन्नडमा सबैभन्दा धेरै पारिश्रमिक पाएका अभिनेता पनि थिए, जसमा १४ फिल्महरू थिएटरहरूमा लगातार १०० दिनसम्म चलिरहेका थिए ।

पुनीतको फ्यान क्रेज उनको अभिनयले मात्रै होइन । उनी वास्तविक जीवनमा पनि उस्तै उदार थिए । उनले समाजसेवाका लागि २६ अनाथालय र विपन्न बालबालिकाका लागि ४६ निःशुल्क विद्यालय सञ्चालन गरेका थिए ।

पुनीतले आँखा दान गरेका थिए । उनको मृत्यु पछि, कर्नाटक भर १ लाख मानिसहरूले आफ्नो आँखा दान गरे किनभने तिनीहरू पुनितको बाटो पछ्याउन चाहन्थे । जसका कारण कर्नाटकमा आँखा दान गर्नेको संख्या अचानक कैयौं गुणा बढेको थियो ।

२९ अक्टोबर २०२१ । पुनीत राजकुमार जिममा कसरत गरिरहेका बेला असहज महसुस गरेका थिए । उनले यो जानकारी आफ्नी श्रीमती अश्विनीलाई दिए । त्यसपछि परिवारका सदस्यले उनलाई नजिकैको अस्पताल विक्रममा भर्ना गरेका थिए ।

पुनीत बिरामी भएको खबर सुनेपछि अस्पताल अगाडि मानिसहरु जम्मा भएका थिए र उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको खबरले कर्नाटकमा सनसनी मच्चायो ।

पुनीत राजकुमारको पार्थिव शरीरलाई बेंगलुरुको कान्तेराव स्टेडियममा २ दिनसम्म सर्वसाधारणको अवलोकनका लागि राखिएको थियो । उनको अन्तिम दर्शनमा ३० लाखभन्दा बढी मानिस सहभागी भएका थिए । यो भारतीय इतिहासमा सबैभन्दा ठूलो अन्त्येष्टि जमघट भएको बताइएको छ ।

आफ्नो सुपरस्टारको निधनको खबर सुनेपछि एक फ्यानले आत्महत्या गरेका थिए । २ जनाको हृदयघातका कारण मृत्यु भएको थियो भने केही दिनपछि आत्महत्या र हृदयघातको संख्या बढेर १० पुगेको थियो ।