२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारहरु बिक्रीमा रहेको सभामुख घिमिरेको टिप्पणी



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफूमा यस्तो मान्यता रहेको बताउनु भएको हो ।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गर्नु भयो । मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाई छ । उहाँले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताउनु भयो ।

सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताउनु भयो । उहाँले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराउनु भयो ।

सभामुख घिमिरेले भन्नु भयो, ‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो । त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भएपनि तिनीहरु प्रभावित छन । अझ अर्को भन्ने हो भने त विक्रीमा छन पत्रकारहरु । अव पत्रकारहरु विक्रीमा छन । संघ विक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभावचाँही कुनै न कुनै रुपमा परिरहेको छ । विग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ ।’

‘त्यसको प्रभाव हाम्रो सोसाईटीमा निकै परेको छ । यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला । चाहे त्यो ऐन ल्याउने सन्दर्भमा होस् वा कार्यान्वयन गर्दा विनियमहरु बनाउने, नियमावली बनाउने, तिनीहरुको तल कार्यान्वयन गर्ने सन्दर्भमा होस् । यी र यस्ता समस्याहरुलाई कसरी हल गर्ने ? यो चाँही अलि समस्या हो । यो समस्याको समाधान गर्नु तपाई हाम्रो कर्तव्य हो जस्तो लाग्छ । र, यसलाई हामीले हल गरेको गयौं भने पत्रकारहरु पनि यस्तो प्रभावतबाट कसरी मुक्त हुने त ? यो समस्याको हल गर्नु पर्छ । किनभने यी हाम्रा समस्या हुन । तर अव राज्यले कुनै पनि ऐन, कानुन ल्याउँदाखेरी लुकेर, छिपेर एकैचोटी ल्याउनुपर्ने त होइन नि ।’

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरु बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताउनु भयो । उहाँले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताउनु भयो ।

सभामुख घिमिरेले भन्नु भयो, ‘कानुनको अभावमा धेरै नराम्रा कुराहरु भईरहेका छन । नयाँनयाँ परिस्थिति तथा परिवेशहरु सञ्चार क्षेत्रमा देखा परिरहेका छन । ठगहरु देखा परेका छन । कन्ट्रोल गर्ने समस्याहरु पनि देखा परेका छन । यी जस्ता कुराहरुमा राजनीतिक पार्टीहरुको चेतना पुग्नु पर्‍यो । नेताहरु चेतना त्यहाँ पुग्नु पर्‍यो । अनि, ती समस्या समाधान हुने गरी विधेयकहरु सरकारमार्फत आउनु पर्‍यो । त्यसका लागि पत्रकारहरुको भूमिका होस् । पत्रकारहरुको कानुन निर्माणमा, राष्ट्र निर्माणमा, के ठिक, के बेठिक हो भन्नेमा त्यसमा ठूलो भूमिका छ ।’

त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैंत्री कानुन निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराउनु भएको थियो ।