२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्दैन– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिपक्षमा भेट्न २०८४ साल पर्खनु नपर्ने बताउनुभएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा उपराष्ट्रपतिमा मतदान गरेर बाहिरिने क्रममा उहाँले कांग्रेस महामन्त्री गगन थापालाई जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो ।

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा मत हालेर बाहिरिने क्रममा अध्यक्ष ओलीले कांग्रेससँग नमिल्ने भनेर आफूले कसम नखाएको बताउनुभएको थियो । त्यसको जवाफमा कांग्रेस महामन्त्री थापाले २०८४ सम्म त्यस्तो सम्भव नभएको बताउनुभएको थियो ।

शुक्रबार ओलीले भन्नुभयो, “एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्‍यो ? त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?”

लोकतान्त्रिक प्रणालीमा हारजित स्वाभाविक भएको उहाँको भनाइ थियो । उहाँका अनुसार अहिले साँठगाँठको सिस्टम भएको छ । उहाँले भन्नुभयो, “यसमा कसले जित्यो कसले हार्‍यो ? कसको शक्ति कति भन्ने नै भएन ? अहिले त जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब हुन्छ ।”