२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाविरुद्ध भारतले टस जित्यो, पहिले बलिङ गर्ने



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीच तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुँदैछ । भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । नेपाली समयानुसार खेल १ः४५ बजे सुरु हुनेछ ।

यस खेलमा भारतको तर्फबाट नियमित कप्तान रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्याले टोलीको नेतृत्व सम्हाल्नेछन् । रोहितले सिरिजका बाँकी दुई खेलमा टोलीको कप्तानी गर्नेछन् ।

बीसीसीआईले यसअघि नै रोहितले पारिवारिक कारणले शृंखलाको पहिलो एकदिवसीय खेलबाट विश्राम लिएको बताएको थियो ।

यी दुई टोली तीन वर्षपछि यही मैदानमा आमनेसामने हुँदैछन् । भारत र अस्ट्रेलियाबीच यहाँ अहिलेसम्म चार खेल भइसकेका छन् । जसमा भारतीय टोलीले एउटा मात्रै जित हासिल गर्न सकेको थियो । अष्ट्रेलियाले तीन खेलमा सफलता हात पारेको छ । पछिल्लो पटक सन् २०२० मा यहाँ दुवै टोली आमनेसामने हुँदा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

कप्तान प्याट कमिन्सको अनुपस्थितिमा अस्ट्रेलियाली टोलीसँग जुनसुकै अवस्थामा पनि खेल जित्ने क्षमता छ । कमिन्सको अनुपस्थितिमा अस्ट्रेलियाको नेतृत्व स्टिभ स्मिथले गर्नेछन् । कमिन्स र जोस हेजलउड यस शृङ्खलाका लागि उपलब्ध छैनन् तर डेभिड वार्नर र अलराउन्डर एस्टन अगर टोलीमा छन् ।

यी दुई टोलीबीच हालसम्म भएको १४३ ओडीआईमा भारतीय टोलीले ५३ मा मात्रै जित हात पार्न सकेको छ । अस्ट्रेलियाले ८० मा विजय हासिल गरेको छ । १० खेल अनिर्णित रह्यो ।यस्तै, यी दुईबीच भारतमा अहिलेसम्म ६४ खेल भइसकेका छन् । यस अवधिमा टीम इन्डियाले २९ खेल जितेको छ भने ३० खेल अष्ट्रेलियाले जितेको छ । ५ खेल नतिजाबिनै टुंगिएको छ ।