२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कोषमा २ लाख बढी योगदानकर्ता सुचीकृत, ८ प्रतिशत प्रतिफल वितरण गरिने



अ+ अ-

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सुचीकृत भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सुचीकृत भएको बताएको हो । 

कोषमा १४ हजार ५८० रोजगारदाता सुचिकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले कोषले सञ्चालन गर्ने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार र आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ रकम कोषबाट दाबी भुक्तानी भएको बताउनुभयो । त्यस्तै वृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ गरी जम्मा ११ करोड ६२ लाख रुपैयाँ कोषबाट दाबी भुक्तानी भएको उहाँले बताउनुभयो ।

कोषले २०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भएपछि मात्रै कोषमा १ हजार ३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाएको छ । प्रवक्ता पन्तले आ.व. २०७६-७७ भित्र सुचिकृत योगदानकर्ता कोषको आ.व. २०७६-७७ को वृद्धावस्था सुरक्षा योजना अन्र्तगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रकमलाई कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको बताउनुभयो । सो रकम कोषले सम्वन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा चाडै जम्मा गरिदिनेपनि उहाँले बताउनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २०७६ साल साउन १ गतेदेखि रकम संकलन हुन थालेको हो । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुन सबैलाई आव्हान पनि गरेको छ ।