३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल युरोपा लिगबाट बाहिरियो, यी हुन् क्वाटरफाइनलमा स्थान बनाउने आठ टिम



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल क्लब आर्सनल युरोपा लिगबाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा आर्सनल पोर्चुगीज क्लब स्पोर्टिङ सीपीसँग टाईब्रेकरमा पराजित हुँदै युरोपा लिगबाट बाहिरिएको हो ।

अन्तिम १६ को दोस्रो लेगमा निर्धारित समयमा १–१ गोलको बराबरी र थप समयमा एग्रिगेटमा पनि ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

जसमा स्पोर्टिङ ५–३ ले विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । आर्सनलका गाब्रियल मार्टिनेली पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि खेलको १९ औं मिनेटमा ग्रानिट जाकाले गोल गर्दै घरेलु टोली आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ६२ औं मिनेटमा पेड्रो गोन्काल्भेसले गोल गर्दै स्पोर्टिङलाई बराबरीमा ल्याए । उनले झण्डै सेन्टर बाट गोल गरे । आर्सनलका गोलकिपर अगाडि बढेको अवस्थामा उनले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

यस्तै गएराति भएका विभिन्न खेलहरुको नतिजासँगै युरोपाको क्वाटरफाइनल समिकरण पूरा भएको हो ।

यी हुन् क्वाटरफाइनलमा स्थान पक्का गर्ने टिमः
म्यान्चेस्टर युनाइटेड (इंग्ल्याण्ड)
स्पोर्टिङ सीपी (पोर्चुगल)
युभेन्ट्स (इटाली)
सेभिया (स्पेन)
फेयनुर्ड (नेदरल्याण्ड्स)
रोमा (इटाली)
बायर लेभरकुसेन (जर्मन)
रोयल युनियन एसजी (बेल्जियम)