२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

वनहर्टद्वारा बीस लाखको स्वास्थ्य सामग्री सहयोग

वनहर्टद्वारा बीस लाखको स्वास्थ्य सामग्री सहयोग
अ अ+ अ-

सिन्धुपाल्चोक । स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था वनहर्ट वल्डवाइड संसथाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिन्धुपाल्चोकलाई २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।  

संस्थाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तह, चौतारा अस्पताल र स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकलाई गरी जम्मा २० लाख ५ हजार ५ सय ३० रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हो । 

सबै सामाग्री एकमुष्ट रुपमा चौतारास्थित वनहर्ट कार्यालयमा ल्याएको र सबै स्थानीय तहलाई वितरण गरिएको संस्थाका सिन्धुपाल्चोकस्थित कार्यक्रम अधिकृत नगेन्द्रजंग शाहीले जानकारी दिनुभयो । 

संस्थाले सबैभन्दा धेरै चौतारा अस्पताललाई सामाग्री हस्तान्तरण गरेको छ। चौतारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, अक्सीमिटर, मास्क, स्यानिटाईजर, गाउन, आईसोलेसन किटलगायत गरी २ लाख ८१ हजार परल मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

हालसम्म चौतारा, बलेफी, जुगल, बाह्रविसे, सुनकोशी भोटेकोशी, इन्द्रावती, लिसंखुपाखर र त्रिपुरासुन्दरीमा स्वास्थ्य सामाग्री पुराई सकेको छ भने हेलम्बु, पाँचपोखरी र मेलम्चीलाई बाढी पहिरो लगायत विपद्को कारण सामाग्री पुराउन नसकेको र छिट्टै बाँकी पालिकामा पनि स्वास्थ्य सामाग्री पुराईने कार्यक्रम अधिकृत शाहीले बताउनुभयो। वनहर्टले यस अघि पनि चौतारा अस्पताललाई १० वटा भरीएका अक्सिजन सिलिन्डर पनि हस्तान्तरण गरेको थियो।

हेलम्बुका बाढी प्रभावितलाई नगद 
हेलम्बुका बाढी प्रभावितलाई नगद सहयोग गरिएको छ । पाल्चोक निवासी लामा गुरु दोर्जे लोपेन छेवाङ नोर्बुको नेतृत्वमा सिन्धुपाल्चोकका विभिन्न व्यक्तिहरु द्धारा संकलित रकमबाट नगद सहयोग गएिको हो । 

नगद वडा नं २ को गणेश बगर, चुरेटार कविकुञ्ज, पाल्चोकको गैरीबेसी लगायतका १५० घर धुरीलाई घर क्षति भएकालाई पाँच हजार र जोखिममा परेका, भाडामा बस्नेलाईलाई तीन हजार नगद सहयोग गरिएको लामाले जानकारी दिनुभयो । साथै उहाँहरुले रेडियो मेलम्चीलाई पनि नगद दश हजार सहयोग गर्नुभएको छ ।