४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

सुरू भयो निफ

सुरू भयो निफ
अ+ अ-

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुआत कोरिन शर्मा निर्देशित ‘चरी’ मार्फत भयो ।

पैँतीस देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उत्सवको रूपमा मनाउन आग्रह गरे ।

“महोत्सवले दुई देशको संस्कृति र पर्यटनलाई टेवा पुर्याउनेछ । हाम्रो चलचित्र र अन्तर्राष्ट्रिय चलचित्र एकसाथ हुँदा बन्ने शैलीसँगै विविध पक्षको बारेमा जानकारी आदानप्रदान हुनेमा म विश्वस्त छु”, बोर्ड अध्यक्ष केसीले भने, “नेपाल खुल्ला स्टुडियो झैँ छ । यहाँको सुन्दरतालाई कैद गर्न म अन्तर्राष्ट्रिय चलचित्रकर्मीलाई आग्रह गर्दछु । छायाङ्कनका लागि सहज वातावरण बनाउन म र बोर्ड तत्पर छौँ ।”

महोत्सवका अध्यक्ष केपी पाठकले पछिल्लो तीन महिनाको मेहनतले निफ सुरुआत गर्न सफल भएको जानकारी दिए । “यस किसिमको महोत्सव वा कार्यक्रमलाई नेपाल सरकारले वार्षिक कार्ययोजनामै राखेर सञ्चालन गर्न आग्रह गरेका छौँ । चलचित्रमार्फत देशको संस्कृति अगाडि बढ्ने भएकाले यसलाई महत्त्वपूर्ण रूपमा लिन जरुरी छ”, अध्यक्ष पाठकले भन्नुभयो, “हामीले मूलधारका चलचित्रमार्फत समाजको विकासमा योगदान होस् भन्ने चाहना राखेर यसको सुरुआत गरेका हौँ ।”

उनका अनुसार महोत्सवमा २० देशबाट ५० बढी चलचित्रकर्मी सहभागी छन् । उनीहरूले विभिन्न चलचित्र हेर्नुका साथै महोत्सवमा हुने अन्तरक्रिया र छलफलमा सहभागिता जनाउनेछन् । यही चैत ६ गतेसम्म चल्ने महोत्सवमा रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिइएको उनले जानकारी दिए ।

सात विधामा १४ पुरस्कार वितरण हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवको उद्घाटन समारोहमा चिनियाँ राजदूत चेन सोङ, भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरू, फिचर चलचित्रतर्फका जुरी प्रमुख प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री चलचित्रतर्फकी जुरी प्रमुख ली रानको उपस्थिति रहेको थियो ।

चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’, भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु फिल्म, प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास महोत्सवमा रहनेछ ।

भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीतिः नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङः महत्त्व र अभ्यास, हास्य–व्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिकाः जिम्मेवारी र करिअर जस्ता विषयमा अन्तरक्रिया तथा छलफल हुनेछ । रासस