५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरू भयो निफ



अ+ अ-

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुआत कोरिन शर्मा निर्देशित ‘चरी’ मार्फत भयो ।

पैँतीस देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उत्सवको रूपमा मनाउन आग्रह गरे ।

“महोत्सवले दुई देशको संस्कृति र पर्यटनलाई टेवा पुर्याउनेछ । हाम्रो चलचित्र र अन्तर्राष्ट्रिय चलचित्र एकसाथ हुँदा बन्ने शैलीसँगै विविध पक्षको बारेमा जानकारी आदानप्रदान हुनेमा म विश्वस्त छु”, बोर्ड अध्यक्ष केसीले भने, “नेपाल खुल्ला स्टुडियो झैँ छ । यहाँको सुन्दरतालाई कैद गर्न म अन्तर्राष्ट्रिय चलचित्रकर्मीलाई आग्रह गर्दछु । छायाङ्कनका लागि सहज वातावरण बनाउन म र बोर्ड तत्पर छौँ ।”

महोत्सवका अध्यक्ष केपी पाठकले पछिल्लो तीन महिनाको मेहनतले निफ सुरुआत गर्न सफल भएको जानकारी दिए । “यस किसिमको महोत्सव वा कार्यक्रमलाई नेपाल सरकारले वार्षिक कार्ययोजनामै राखेर सञ्चालन गर्न आग्रह गरेका छौँ । चलचित्रमार्फत देशको संस्कृति अगाडि बढ्ने भएकाले यसलाई महत्त्वपूर्ण रूपमा लिन जरुरी छ”, अध्यक्ष पाठकले भन्नुभयो, “हामीले मूलधारका चलचित्रमार्फत समाजको विकासमा योगदान होस् भन्ने चाहना राखेर यसको सुरुआत गरेका हौँ ।”

उनका अनुसार महोत्सवमा २० देशबाट ५० बढी चलचित्रकर्मी सहभागी छन् । उनीहरूले विभिन्न चलचित्र हेर्नुका साथै महोत्सवमा हुने अन्तरक्रिया र छलफलमा सहभागिता जनाउनेछन् । यही चैत ६ गतेसम्म चल्ने महोत्सवमा रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिइएको उनले जानकारी दिए ।

सात विधामा १४ पुरस्कार वितरण हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवको उद्घाटन समारोहमा चिनियाँ राजदूत चेन सोङ, भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरू, फिचर चलचित्रतर्फका जुरी प्रमुख प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री चलचित्रतर्फकी जुरी प्रमुख ली रानको उपस्थिति रहेको थियो ।

चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’, भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु फिल्म, प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास महोत्सवमा रहनेछ ।

भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीतिः नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङः महत्त्व र अभ्यास, हास्य–व्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिकाः जिम्मेवारी र करिअर जस्ता विषयमा अन्तरक्रिया तथा छलफल हुनेछ । रासस